चितवनमा ५०० संक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी हुने पक्का
प्रकाशित मिति: सोमबार, बैशाख १३, २०७८ | १:२८:५८
चितवन,१३ बैशाख ।
कोभिड–१९ सिसीएमसीले शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्न १२ गतेको बैठकले निर्णय गरेको छ ।
पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न जानकारी दिएको छ । यस्तै सिसीएमसीले कोरोना भाइरसको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ डिसीसीएमसीलाई दिन सिफारिस गरेको हो ।
सिसीएमसीको सिफारिसपछि अब चितवनमा सक्रिय संक्रमित ५०० पुगे निषेधाज्ञा जारी हुने पक्का भएको छ । चितवनमा हाल संक्रिय संक्रमितको संख्या ३९६ रहेको छ । ५०० ओउग्ना साथ कोभिड(१९ डिसीसीएमसीले निषेधाज्ञा जारी गर्ने छ ।
प्रकाशित मिति : सोमबार, बैशाख १३, २०७८ |
१:२८:५८
1387