चितवनमा एकैदिन ६७ जनामा कोरोना पुष्टि

चितवन, १३ बैशाख ।
चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढुदै गएको छ । चितवनमा एकैदिन ६७ जनामा कोरोना सङ्क्रमण कोभिड १९ पुष्टि भएको छ ।

आइतबार भरतपुर अस्पतालको कोभिड १९ परिक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका ३९ जना पुरुष र २८ जना महिलामा कोरोना पुष्टि भएको हो । आइतबारको परिक्षणमा ५ वर्षको बालकदेखि ८७ वर्षको वृद्धमा कोरोना देखिएको छ । सङ्क्रमितमध्य अधिकांश भरतपुर महानगरपालिका रहेका छन् ।

भरतपुर महानगरपालिकाको विभिन्न वडाका ५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै रत्ननगरको ६ जनामा , कालिकाको ४ जना र माडीको १ जनामा कोरोना पुष्टि भएको हो ।