पर्यटक आकर्षण गर्नेगरी धुसेरीको प्रवेशद्वार बन्ने
नवलपुर, १३ वैशाख ।
तराई कै पहिलो सामुदायिक वन धुसेरी सामुदायिक वन उपभोक्ता संस्थाको प्रवेशद्वार बन्ने भएको छ। सो प्रवेश द्वारको देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले शिलान्यास गरेका छन् । धुसेरी सामुदायिक वनमा पर्यटनको सम्भावना रहेकाले भावी दिनमा पर्यटक भित्र्याउन आकर्षक तथा कलात्मक प्रवेशद्वार बनाउन लागिएको हो।
देवचुलीको रजहर चोकबाट उत्तरतर्फ रहेको प्रवेश द्वार करिव १५ लाख रुपैयाँमा सम्पन्न हुने धुसेरी सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष लोक बहादुर कार्की क्षेत्रीले बताए । उनले प्रवेशद्वार निर्माण पश्चात् रजहर बजारको सुन्दरता पनि थपिने बताए । यसैगरी समाजसेवी ललितबहादुर बोहराले धुसेरी सामुदायिक वनका पूर्व अध्यक्ष जुद्धप्रसाद वाग्लेको कार्यकालमा देखेको सपना लोकबहादुर कार्कीको कार्यकालमा साकार हुन लागेको बताए ।
उनले धुसेरीको प्रवेशद्वार अन्य प्रवेशद्वार भन्दा भिन्न र आकर्षक बनाउने योजना रहेकाले सम्पूर्ण रजहरबासीको साथ र साहयोग आवश्यक रहेको बताए । शिलान्यास पछि आफ्ना मन्तव्य राख्दै वडाध्यक्ष क्षेत्रीले धुसेरीको प्रवेशद्वार देवचुली नगरपालिकाका इन्जिनियरहरुले मिहिनेत र लगनका साथ तयार गरेकाले अन्य भन्दा फरक बन्ने विश्वास व्यक्त गरे। ३१ फिट चौडाई र २६ फिट उचाईमा बन्ने सो प्रवेशद्वारमा उत्कृष्ट सामुदायिक वनका रुपमा पुरस्कृत धुसेरी सामुदायिक वनका कार्यक्रम र चित्रहरु अङ्कित हुनेछन् ।
प्रवेशद्वार आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गरिने धुसेरी सामुदायिक वन उपभोक्ता संस्थाका सचिव चिन्तामणी चापागाईंले बताए ।