बैतडीमा जन्ती बोकेको जिप दुर्घटना ,बेहुला–बेहुलीसहित ११ जना घाइते, १ को मृत्यु
कञ्चनपुर, १३ वैशाख।
बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने बेहुला–बेहुलीसहित ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १ जनाको अवस्था गम्भीर छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा ग्वालेककै अन्दाजी ४५ वर्षका देवीदत्त जोशी रहेका इकाई प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
दुर्घटनामा १० जना सामान्य र १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् इन्सपेक्टर किशोर ऐरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा बेहुला–बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ ।