सरकारी कार्यालयमा शनिबार र आइतबार विदा दिन सीसीएमसीको सिफारिस
प्रकाशित मिति: सोमबार, बैशाख १३, २०७८ | १२:२८:००
काठमाडौं,१३ वैशाख ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन सिफारिस गरेको छ ।
संक्रमण रोकथामका लागि भीडभाड कम गर्न शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको जनाइएको छ । सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ ।
आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिस गरिएको छ । संक्रमण उच्च भएका ठाउँमा अत्यावश्यक सेवा बन्द गर्ने समेत उल्लेख छ ।
नीजि क्षेत्रको व्यापार तथा व्यावसायलाई बन्द गर्ने निर्णय चाहिँ जिल्ला प्रशासन कार्यालयले गर्न सक्ने अधिकार दिन भनिएको छ । निषेधाज्ञाको निर्णय संघीय सरकारले नभएर जिल्ला प्रशासनले गर्ने अधिकार दिन समेत सीसीएमसीले सिफारिस गरेको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख १३, २०७८ |
१२:२८:००
287