नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख १५ गते बस्ने

काठमाडौँ ,१३ वैशाख ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख १५ गते बस्ने भएको छ ।

आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक कोरोना परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो । आज कांग्रेसका केन्द्रीय सदस्यहरुको कोरोना परीक्षणका लागि पार्टी कार्यालयमै स्वाव संकलन गरिएको छ ।

आजको लागि बोलाइएको बैठक आगामी १५ गते दिउँसो २ बजे बैठक बस्ने कांग्रेसकेन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी महाविधेशनको कार्यतालिका बारेमा छलफल गर्ने तयारी छ । त्यसबाहेक सरकार गठनका बारेमा भइरहेको प्रयासका बारेमा समेत छलफल हुने जनाइएको छ ।