वाल विवाह निरुत्साहित गर्न जोड

चितवन, १३ वैशाख ।

समाजमा अझै पनि वाल विवाह कायमै रहेको भन्दै सरोकारवालाहरुले यसलाई निरुत्साहित गर्नु पर्ने वताएका छन् । खैरहनी नगरपालिका महिला तथा वालवालिका शाखाले सोमवार चैनपुरमा आयोजित वाल विवाह विरुद्धको सचेतना एवं प्रतिवद्धता कार्यक्रममा उनीहरुले समाजबाट वालविवाह अन्त्य गर्नु पर्नेमा जोड दिएका हुन् । खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले वाल विवाहलाई कानुनले मान्यता नदिने स्पष्ट उल्लेख गरेकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्नु पर्ने वताईन् । उमेर नपुगि विवाह गर्दा उजुरी परेमा त्यसमा सलग्नहरु कारवाहीको भागिदार हुने उपमेयर थपलियााले वताईन् । २० वर्ष उमेर नपुगि विवाह गरे त्यस्तो विहेलाई वाल विवाह उल्लेख छ । खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनीले समाजमा वाल विवाह छैन जस्तो लागेपनि कहिकतै यस्ता घटना विद्यमान रहेको वताए । अहिले पनि कम उमेरमा विहे गरेर दर्ताका लागि आईरहेको उल्लेख गर्दै वडाध्यक्ष इटनीले वाल विवाह अन्त्यमा सवै पक्ष लाग्नु पर्नेमा जोड दिए । खैरहनी ४ का वडाध्यक्ष देववहादुर वस्नेतले विपन्न,दलित समुदायमा अझै पनि वाल विवाह हुने गरेको वताए । बागमती प्रदेश सरकारले तय गरेको कार्यक्रम अन्र्तगत नगरपालिकाले वाल विवाह विरुद्धको सचेतना मुलक कार्यक्रम गरिएको महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले वताईन् । कार्यक्रममा अधिवक्ता एवं मानव अधिकारकर्मी मुकुन्द दाहालले वाल विवाहका सम्वन्धमा कानुनमा उल्लेख विषयका बारे सहजीकरण गरेका थिए । चार वटा स्थानमा संचालन गरिने कार्यक्रम अन्र्तगत यसअघि कुमरोजमा कार्यक्रम गरिएकोमा मंगलवार खैरहनीमा आयोजना गरिने महिला तथा वाल वालिका शाखा उपप्रमुख विमला रानाभाटले वताईन् । त्यसपछि सोही कार्यक्रम कठारमा आयोजना गरिने छ ।