समाजसेवी गजुरेल मास्क लगाउन उत्प्रेरित गर्दै

चितवन, १३ वैशाख ।

खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेल विना मास्क वजार हिडडुल गर्नेहरुलाई मास्क वितरणमा लागेका छन् । कोरोनाको महामारी वढ्दै गएपनि मानिसहरु विना मास्क हिडडुल गरेको देख्न सकिन्छ । स्वास्थ्य सुरक्षा अपनाउन अभिप्रेरित गराउन मास्क वितरणमा खटिएको समाजसेवी गजुरेलले वताए । दाताहरुको सहयोगमा संकलन रकमले मास्क खरिद गरेर यो अभियानमा लागेको उनले वताए । उनले वजारमा हिडडुल गर्ने वटुवादेखी सवारी साधनमा यात्रारत यात्रु कसैले मास्क नलगाएको देख्ने वित्तिकै मास्क दिने र नियमित लगाउन उत्प्रेरित गर्ने गरेका छन् । पहिलो दिन सोमवार ५५० पिस मास्क वितरण गरेका छन् । यसमा उनले नेपाल प्रहरी र ट्राफिक प्रहरीको साथ लिएका छन् । खैरहनी ८ का विष्णु सुवेदी,स्वयम गजुरेल,खैरहनी ८ कै प्रदिप पण्डितबाट प्राप्त भएको रकमले एक हजार थान मास्क खरिद गरेका थिए ।