परिक्षा अमर्यादित ढंगले संचालन गरेको भन्दै विद्यार्थीले आपत्ति प्रकट

चितवन, १३ बैशाख ।
चितवनको बिरेन्द्रनगरमा रहेको जन-आदर्श बहुमुखी क्याम्पसले बि ए दोश्रो वर्षको परिक्षा अमर्यादित ढंगले संचालन गरेको भन्दै विद्यार्थीले आपत्ति प्रकट गरेका छन् । परिक्षाको समयमा अनावस्यक बाहिरी व्यक्तिहरु गाईड बुक बिकेर परिक्षा हलमा प्रवेश गरि मानिसहरु सरासर हुबहु सार्न दिएको,शिक्षण पेशा भन्दा बाहिरी पेशागत व्यक्ति तथा स्थानीय पसलेहरुलाई गार्ड राखिएको भन्दै परीक्षा हलमा होहल्ला समेत गरेको एक विद्यार्थीले समाबेशी खबरलाई जानकारी दिए । यस्तो प्रवृति देखेका विद्यार्थीले यो अमर्यादित भो भनेर आपत्ती प्रकट गर्दै गर्दा उनीहरुको कापी खोसेर परिक्षा हल बाट बाहिर निकालिएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।