चितवनका प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापा चैत महिनाको उत्कृष्ट प्रहरी

चितवन १३ वैशाख ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
थापालाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट कार्यसम्पादन गरेबापत उत्कृष्ट प्रहरीको उपाधि दिएको प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिए । थापालाई बागमती प्रदेश कार्यालय हेटौँडा तथा चितवन प्रहरीको कार्ययोजना बमोजिम फैसला कार्यान्वयनलाई अभियानका रुपमा सञ्चालन गर्ने क्रममा १७१ जना फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालतमा बुझाउने कार्यमा कमाण्डरको रुपमा उल्लेखनीय कार्य गरेका थिए । नक्कली नोट बनाउने फोटोकपी मेसिन,कार्ड रिर्ड,हार्ड डिस्क,प्रिन्टर, ल्यापटप,सहित मानिस पक्राउ गर्न सफल भई घटनाको अनुसन्धान कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।