पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना पुष्टि , ४ हजार ९१४ जना संक्रमणमुक्त
काठमाडौं,१२ असार ।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ८०६ परीक्षण गर्दा ८४२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाबाट गरी ४ हजार ९१४ जना कोरोना निको भएर घर फर्किएका हुन् । यो सँगै हालसम्म निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । कुल संक्रमितका आधारमा निको हुनेको दर ९१ दशमलव ९ प्रतिशत रहेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ भने क्वारेन्टाइनमा ३६१ जना छन् ।
हालसम्म पीसीआर परीक्षण ३३ लाख १७ हजार ३९ भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।