‘कर्णालीका सबै नागरिकलाई कोरोना खोपको व्यवस्था हुन्छ’

Desk
  |   
प्रकाशित मिति: श्रावण ११, २०७८
367 Shares

सुर्खेत, ११ साउन  । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउनुभएको छ । संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको अन्तक्र्रियामा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभएको हो । 

औषधि र जनशक्तिको अभावमा कर्णालीका नागरिकले सेवाबाट वञ्चित नहुने जनाउँदै मन्त्री बुढाक्षेत्रीले सबैभन्दा पहिला नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएकाले ध्यान नागरिकको स्वास्थ्यमा केन्द्रित भएको बताउनुभयो ।

जनता बचाए अरु विकास विस्तारै हुने उल्लेख गर्दै उहाँले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका विभिन्न स्थानीय तहसँगसमेत सहकार्य गरेको जानकारी दिनुभयो । “नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौंँ, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकता स्वास्थ्य राखेका छौं”, उहाँले भन्नुभयो । प्रदेशका विभिन्न नाकामा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्था पनि गरिसकिएको मन्त्री बुढाक्षेत्रीले जानकारी दिनुभयो ।रासस

Desk
प्रकाशित मिति: श्रावण ११, २०७८
367 Shares
Footer ads