प्रदेश २ मा कोरोनाको पहिलो खोप कानुनमन्त्रीले लगाए

जनकपुर, १४ माघ ।

प्रदेश २ मा कोरोना भाइरसविरुद्धको पहिलो खोप कानुनमन्त्रीले लगाएका छन्।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका हुन्। सबैको मनोबल बढाउन खोप लगाएको उनको भनाइ छ।

आज देशभर खोप अभियान सुरु भएको छ। पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी तथा सामाजिक कार्यकर्तालाई लगाइनेछ।