४ हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा थप २८३ जनामा कोरोना पुष्टि

काठमाडौं,१४ माघ।

नेपालमा ४ हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ३७५ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २४६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ। को छ।

यस्तै हालसम्म १२२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ५७ हजार ६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।