प्रमुख निर्वाचन अधिकृतले एकलौटी गरेको भन्दै उवासंघ खैरहनीमा तालाबन्दी

चितवन , १४ माघ।
उद्योग वाणिज्य संघ खैरहनीमा व्यवसायीहरुले तालाबन्दी गरेका छन् । प्रमुख निर्वाचन अधिकृतले एक लौटी रुपमा निर्वाचन तालिका सार्वजनिक गरेको भन्दै व्यवसायीहरुले संघको कार्यालयमा तालाबन्दी गरेका हुन् ।                                                  निर्वाचन मण्डलले नेकपा निकटका करिव ४५० व्यवसायीको फोटो फालेर निर्वाचनमा भाग लिन नदिन खोजेको भन्दै व्यवसायीले प्रमुख निर्वाचन अधिकृतको राजिनामा माग गर्दै तालाबन्दी गरेका छन् । व्यवसायी संगठनका सचिव गोविन्दराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै प्रमुख निर्वाचन अधिकृतले राजिनामा दिनुपर्ने ,फोटो फालिएका व्यवसायीहरुको पुन फोटो टास्ने व्यवस्था गर्नुपर्ने लगायतको माग राख्दै तालाबन्दी गरेको जनाएका छन् । यस बिषयमा बुझ्न मुख्य निर्वाचन अधिकृतलाई सम्पर्क गर्दा उहाँको फोन उठेन ।