उवासंघ खैरहनीमा चुनावी सरगर्मी, प्रगतिशिल समुह भन्छ चुनाव जित्छौ   

चितवन , १४ माघ                                                        उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि हुन लागेको चुनाव आफुहरुले जित्ने नेकपा निकट प्रगतिशिल समुहले दावी गरेको छ । चुनावी एजेण्डाका बारे जानकारी दिन सो समुहले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा चुनाव जित्ने दावी प्रस्तुत गरिएको हो । प्रगतिशिल समुहको तर्फबाट अध्यक्षका उम्मेदवार शेषकुमारी सडौला ओलीले चुनाव जित्नेमा आफुहरु ढुक्क रहेको वताईन् । आफुहरु अहिले २ सय मतले अगाडी रहेको दावी गर्दै ओलीले चुनावको नजिता घोषणा गर्न मात्र वाँकी रहेको स्पष्ट पारिन् । नेकपा भित्रको एक मत वाहिर जाँदैन् ओलीले भनिन् – चुनाव जित्नेमा ढुक्क छौ । वर्तमान कार्यसमितिमा द्धितिय उपाध्यक्ष समेत रहेकी ओलीले आफुले चुनाव जितेमा महिलाहरुलाई नेतृत्वमा पुर्याउन,व्यवासयिक विकास र सुरक्षाका लागि कार्ययोजना वनाएर काम गर्ने उद्घोष गरिन् । सदस्यका उम्मेदवार रामेश्वर पोखरेलले उद्योग बाणिज्य संघ वजार केन्द्रित रहेकाले यसलाई ग्रामिण क्षेत्रमा समेत विस्तार गरिने वताए । नेकपा निकट व्यवसायीको प्रगतिशिल समुहबाट वाणिज्य तर्फको सदस्यहरुमा अर्जुन लम्साल,विनोद नेपाल,लक्ष्मण निरौला,तिलकमणी पाठक,प्रेम विक,अजयकुमार रावल,दुर्गा घिमिरे,प्रेमनारायण जोशी छन् भने उद्योग तर्फ सदस्यको उम्मेदवारहरुमा रामेश्वर पोखरेल,चिरञ्जिवी अर्याल,रामशरण कार्की,लालमणि कुँवर,नविनकुमार श्रेष्ठ र अम्मरराज उप्रेती रहेका छन् । चुनाव प्रचार प्रसार समिति संयोजक कुलप्रसाद भुषालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा नगर अध्यक्ष लक्ष्मी ढकाल,नेकपा जिल्ला सदस्य कमलराज पाठक, जिल्ला सदस्य एवंम् युवा नेता केशव कडेंल,निलहरी थापाले आफुहरुबीच कुनै विवाद वा गुट उपगुट नरहेको स्पष्ट पारे ।