नेपाल प्रहरीको १८ जना डिएसपीको सरुवा, टाँडीमा इन्द्र बहादुर राना आउने (सूची सहित)

चितवन, १५ फागुन ।
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले १८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयअनुसार शुक्रबार १८ जना डिएसपीको सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार चितवनको रत्ननगरमा रहेको ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा प्रमुखको रुपमा ईन्द्रबहादुर राना आउने भएका हुन् । राना जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका थिए । यसअघिका डिएसपी रवीन कार्कीलाई नेपाल प्रहरी पहरा गण सामाखुसी काठमाडौँमा सरुवा गरिएको छ ।
सरुवा गरिएका १८ जना डिएसपीले फागुन महिनादेखि नै सरुवा भएको कार्यालयबाट तलब भत्ता खाने गरी खटाइने प्रधान कार्यालयले जनाएको छ । सरुवा भएका प्रहरी नायब उपरीक्षको सूची यसप्रकार छ ।