मोडिफाइ र ठूलो आवाज गरी चलाऊने ३४ मोटरसाईकल चितवन प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति: शनिबार, चैत्र १४, २०७७ | १३:१६:५६
चितवन, चैत १४
सुजन पण्डित ।
चितवनमा हिजो (शुक्रबार) विभिन्न स्थानबाट ३४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइए छ । शनिबार जिल्ला प्रहरी कार्यालयमा चितवनमा पत्रकार सम्बेलान गर्दै नियन्त्रणमा लिइएका मोटरसाइकलहरु सार्वजनिक गरीएको छ । मोटरसाइकल धनी आँफैलाई वर्कशपबाट मेकानिक बोलाएर मोटरसाइकल पहिलाको स्वरुपमा परिवर्तन गर्न लगाइएको प्रहरी कार्यालयका प्रमुख एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।
पहिलाको अवस्थामा परिवर्तन गरी जरिवाना गराएर अभिभावकको जिम्मा लगाइ पठाइने उनले जनाए । जरिवाना रकम एक हजारदेखि ५ हजारसम्म रहेको छ ।
साइलेन्सरको पाइपमा रेडबुलको बट्टा, डिक्स परिवर्तन, विभिन्न प्रकारका स्टिकर टासेर र हेन्डेल परिवर्तन गरी चलाएका मोटरसाईकलहरु नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।
प्रकाशित मिति : शनिबार, चैत्र १४, २०७७ |
१३:१६:५६
529