मार्च २८ देखि भारतकाे महाराष्ट्रमा रात्रिकालीन कर्फ्यू
काठमाडाैं,१४ चैत ।
भारतस्थित महाराष्ट्र राज्यमा मार्च २८ देखि रात्रिकालीन कर्फ्यू लगाइएको छ। मुख्यमन्त्री उद्धव ठाकरेले आइतबारदेखि रात्रिकालीन कर्फ्यूको घोषणा गरेका हुन्।
भारतमा बिहीबार ५९ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। यो पछिल्लो १५ दिनमा भेटिएका सबैभन्दा बढी संक्रमितको संख्या हो।
देशका दुई राज्यहरू महाराष्ट्र र गुजरातमा पनि काेराेना संक्रमितकाे संख्या बढ्दाे छ। शुक्रबार मुम्बईमा ५५ सय ४ नयाँ कोरोना संक्रमित फेला परेका छन्। यो आँकडा महामारी सुरू भएयताकै उच्च हाे।
यता स्वास्थ्य अधिकारीहरुले एकै दिनमा १० हजार काेराेना संक्रमित फेला पर्ने चेतावनीसमेत दिएका छन्। त्यसैले सबै नागरिकहरुलाई सचेत र आवश्यक सावधानी अपनाउन अपिल गरिएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, पञ्जाब, कर्नाटक, छत्तीसगढ र गुजरातलगायत राज्यहरुमा तीव्रगतिमा काेराेना संक्रमण थपिएका छन्। तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ३५ हजार ९ सय ९२ नयाँ संक्रमितहरु फेला परेका छन्।
यता पञ्जावमा २६ सय ६१, कर्नाटकमा २५ सय २३, छत्तीसगढमा २४ सय १९ र गुजरातमा १९ सय ६१ काेराेना संक्रमित थपिएका छन।
यी राज्यहरू बाहेक दिल्ली, तमिलनाडु, हरियाणा र राजस्थानमा पनि संक्रमण बढ्दैछ। केरलामा १९ सय ८९, दिल्लीमा १५ सय १५ र तमिलनाडुमा १७ सय ७९ काेराेना संक्रमित थपिएका छन्।
८० प्रतिशत नयाँ केस ६ वटा राज्य महाराष्ट्र, पञ्जाब, कर्नाटक, छत्तीसगढ, केरला र गुजरातमा फेला परेकाे छ।