राप्तिमा युवा संघ गठन,दुई वडा अध्यक्षले पाण्डे समूह छाडे
चितवन,१४ चैत ।
चितवनको राप्ती नगरपालिकामा युवा संघ नेपाल गठन भएको छ । नेकपा एमाले भातृ संगठनको रुपमा पहिलो पटक राप्तिमा युवा संघ गठन भएको हो । शनिबार आयोजित भेलाले उत्तम सेढाईको संयोजकत्वमा नगर कमिटी गठन गरिएको थियो । साथै वडा इन्चार्ज ,सहइन्चार्ज ,संयोजक ,सहसंयोजक पनि चयन गरिएको छ ।
युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य केदार आचार्यले नगर कमिटी र वडा इन्चार्ज ,सहइन्चार्ज ,संयोजक ,सहसंयोजक घोषणा गरे पछि युवा संघ नेपाल चितवनका संयोजक सुशील केसिले सपथ ग्रहण गराएका थिए । नेकपा एमालेका बागमती प्रदेश सचिवालय सदस्य एवंम् बागमती प्रदेशका मुख्यमन्त्रिको प्रमुख राजनितिक सल्लाहाकार जे।एन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका भूमि, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा,नेकपा एमाले चितवन जिल्ला सचीव प्रकाश खनाल,युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य रितु गिरिले मन्तव्य व्यक्त गरेका थिए । बक्ताहरुले देशमा असहज परिस्थिती आउंदा युवाहरुको भुमिका महत्त्वपूर्ण रहने औल्याए । कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, उप(प्रमुख इमान सिंह लामा, जनप्रतिनिधिहरु,लगायत युवाहरुको बृहत उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमबाट राप्तिका दुई जना वडा अध्यक्ष माधव नेपाल समूह छाडेर केपि शर्मा ओलि समुहमा खुलेका छन । यस अघि नेपाल समुहका नेता सुरेन्द्र पाण्डे निकट रहेर हिड्ने गरेका थिए । राप्ती ६ का वडा अध्यक्ष जल्लु महतो थारु र राप्ती ८ का वडा अध्यक्ष बुद्धिराज थपलिया पहिलो पटक ओलि समुहको कार्यक्रममा उपस्थित भएका हुन । नेपाल समुहकै राप्ती नगर उपप्रमुख इमानसिंह लामा र कार्यपालिका सदस्य पुस्पा केसि ओलि समुहमा लागिसकेका छन् । केही वडा अध्यक्ष ,कार्यपालिका सदस्य र वडा सदस्यहरु पनि नेपाल समूह छाड्ने तयारिमा रहेको बुझिएको छ ।