भरतपुरमा बस र स्कुटर ठक्करखाँदा तिनजनाको मृत्यु
प्रकाशित मिति: शनिबार, चैत्र १४, २०७७ | १९:५१:४२
चितवन , १४ चैत।
चितवनको भरतपुरमा यात्रुबाहक बस र स्कुटर ठक्करखादा तिनजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्करखाँदा स्कुटरमा सवार तिनजनाको मृत्यु भएको हो । ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिए । दुर्घटनामा परि स्कुटरमा सवार भरतपुर म.न.पा.६ गितानगर बस्ने बर्ष ४० को स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सबार सोही स्थान बस्ने मोहनको छोरी बर्ष १७ की बिनिसा अधिकारी र सोही स्थान निवासी चालकको दाईको छोरी बर्ष १७ की दिबिसा अधिकारीको मृत्यु भएको थापाले बताए ।
प्रकाशित मिति : शनिबार, चैत्र १४, २०७७ |
१९:५१:४२
1475