कोरोनाका बिरामी बढेपछि टेकु अस्पतालले थप्यो आइसोलेसन बेड
प्रकाशित मिति: मंगलबार, बैशाख १४, २०७८ | १५:३५:१०
काठमाडौं,१४ वैशाख ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ संक्रमितको चाप बढेपछि १४ वटा आइसोलेसन बेड थपिएको छ ।
सोमबारदेखि संक्रमितको चाप उच्च भएपछि आइसोलेसन वार्डमा १४ वटा बेड थपिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । टेकु अस्पतालमा अहिले ६२ जना कोभिड–१९ संक्रमित उपचाररत छन् ।
अस्पतालमा रहेका २३ वटा आईसीयू बेडमध्ये २१ वटामा जटिल संक्रमित रहेको डा. राजभण्डारीले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, बैशाख १४, २०७८ |
१५:३५:१०
331