निषेधाज्ञाको समयमा पनि विकास निर्माणका काम नरोकिने
प्रकाशित मिति: मंगलबार, बैशाख १४, २०७८ | १५:४८:३२
काठमाडौँ, १४ वैशाख ।
निषेधाज्ञाको समयमा पनि विकास निर्माणका काम नरोकिने भएका छन् । सरकारले काठमाडौं उपत्यकामा १५ दिनको निषेधाज्ञा जारी गरे पनि विकास निर्माणका कार्यलाई निरन्तरता दिने भएको हो ।
निषेधाज्ञाको समयमा विकास निर्माणका काम गर्नको लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिने व्यवस्था गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा पास लिन सकिने उल्लेख रहेको छ ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिगर मात्रै निर्माण कार्य सञ्चालन गर्न सकिने जिप्रका काठमाडौंले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख १४, २०७८ |
१५:४८:३२
243