भारतबाट हुने सबै उडानमा अष्ट्रेलियाले लगायो प्रतिबन्ध
प्रकाशित मिति: मंगलबार, बैशाख १४, २०७८ | १६:२४:११
एजेन्सी,१४ वैशाख ।
भारतमा तीव्र गतिमा बढिरहको कोरोना भाइरस संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै अष्ट्रेलियाले भारतबाट हुने हवाई उडानमा रोक लगाएको छ ।अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले महामारीका घटनालाई ध्यानमा राख्दै उक्त निर्णय लिएको बताएका छन्। अब भारतबाट कुनै पनि उडान मे १५ सम्म अष्ट्रेलिया नहुने वनाइएको छ ।
यसभन्दा पहिले थाईल्यान्ड, सिंगापुर, बंगलादेश र बेलायतलगायत विश्वका धेरै देशहरूले पनि भारतको यात्रामा प्रतिबन्ध लगाएका थिए।
लगभग ९ हजार अस्ट्रेलियाका नागरिकहरूले भारतबाट अष्ट्रेलिया फर्कन विदेश मन्त्रालयमा दर्ता गरेका थिए।
प्रकाशित मिति : मंगलबार, बैशाख १४, २०७८ |
१६:२४:११
375