पिसिआर परीक्षण शुल्क तोकिएभन्दा बढी नलिनू : स्वास्थ्य मन्त्रालय
प्रकाशित मिति: मंगलबार, बैशाख १४, २०७८ | १६:२६:५१
काठमाडौं ,१४ वैशाख ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोभिड–१९ पहिचानका लागि गरिने पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिन प्रयोगशालाहरूलाई सचेत गराएको छ । मंगलबार मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै तोकिएकोभन्दा बढी शुल्क लिए परीक्षण सूचीबाट समेत हटाउने चेतावनी दिएका छन्।
सरकारले सरकारी प्रयोगशालामा एक हजार र निजीमा दुई हजार शुल्क तोकेको छ । निजी प्रयोगशालाहरूले विभिन्न नाममा थप शुल्क लिएको गुनासो आएपछि यस्तो सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख १४, २०७८ |
१६:२६:५१
595