पछिल्लो २४ घण्टामा ४५ सयभन्दा धेरै संक्रमित ,१८जनाको मृत्यु
काठमाडौं, १४ वैशाख ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १८ कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै मृतकको संख्या ३ हजार १९४ पुगेको छ।
मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षण गर्दा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ । यस्तै, हालसम्म ५८ जना क्वारेन्टीनमा रहेका छन् भने २४ लाख ३२ हजार ८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।