आमाको अन्तिम संस्कारका लागि पैसा जुटाउन नसकेपछि आफूले पनि गरे आत्महत्या
प्रकाशित मिति: आइतबार, आषाढ १३, २०७८ | १४:११:१५ 1 minute
काठमाडौं,१३ असार ।
भारतको झारखण्डमा एक पुरुषले आत्महत्या गरेका छन् । आमाको अन्तिम संस्कारको लागि पैसा जुटाउन नसकेपछि उनले आत्महत्या गरेका हुन् ।
किशन चौधरीको आमाको शुक्रवार मृत्यु भएको थियो । शनिवारसम्म पनि आमाको अन्तिम संस्कारको लागि पैसा जुटाउन नसकेपछि उनले आफ्नै घरको कोठामा झुन्डीएर आत्महत्या गरे ।
परिवारका अन्य सदस्यका अनुसार आमाको उपचारमा उनीहरुले धेरै पैसा खर्च गर्नु परेको थियो जसका कारण उनीहरुसँग भएको सबै पैसा सकिसकेको थियो र ॠण पनि धेरै नै भइसकेको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । साथै, उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
प्रकाशित मिति : आइतबार, आषाढ १३, २०७८ |
१४:११:१५
287