काठमाडौँको न्युरोडमा ८ वर्षीया बालिकामाथि बलात्कारको प्रयास
प्रकाशित मिति: आइतबार, आषाढ १३, २०७८ | १६:१७:२१ 1 minute
काठमाडौँ,१३ असार ।
काठमाडौँको न्युरोडमा ८ वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा बालिकामाथि बलात्कारको प्रयास भएको हो ।
बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्य तामाङलाई रहेका छन् । तामाङले खेलिरहेकी ती बालिकालाई धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा लगेर बलात्कारको प्रयास गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए । तामाङले शनिबार दिउँसो खाली जग्गामा रोकिराखेको गाडीको आडमा बालिकालाई जबर्जस्ती गरिरहेको प्रहरीको भनाई छ ।
प्रहरीले आरोपितविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको छ ।
प्रकाशित मिति : आइतबार, आषाढ १३, २०७८ |
१६:१७:२१
331