पछिल्लो २४ घण्टामा १ हजार ९२० जना कोरोना संक्रमित थपिए,मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो
प्रकाशित मिति: आइतबार, आषाढ १३, २०७८ | १७:२९:०३ 1 minute
काठमाडौं,१३ असार।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ६ हजार जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ जना निको भएर घर फर्केका छन्। नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन्
प्रकाशित मिति : आइतबार, आषाढ १३, २०७८ |
१७:२९:०३
155