कांग्रेसको आसन्न महाअधिवेशन , अन्य नगरमा भन्दा खैरहनीमा रोमाञ्चक हुने संकेत
ध्रुवराज खनाल
चितवन , १३ असार ।
नेपाली कांग्रेसको भदौमा महाधिवेशनको मिति घोषँणा भएसंगै जिल्ला नगरहरुमा उम्मेदवारी दावी पेश गर्ने क्रम सुरु भएको छ । सिंगो चितवनमै चुनावी रौनक देखिन थालेपछि पूर्वी चितवनमा पनि उम्मेदवार को को हुने भन्ने चर्चा र वहस सुरु भएको हो । उम्मेदवारी दिनेहरुको नाम सुनिए पनि स्वयम् उनीहरुलेनै हाम्रो जिज्ञासामा दावी पेश गरेका छन् ।
पूर्वी चितवनमा चार नगरपालिका छन् । त्यस मध्ये रत्ननगर,खैरहनी र राप्तीमा दावी गर्नेहरुको बारे विषय उठान गर्न लागेका छौ । तीन वटा पालिका मध्ये पनि खैरहनीमा चुनावी रौनक वढि देखिने संकेत छ । खैरहनीमा वर्तमान नगर सभापति शशिकुमार खनियाँ र गुणराज श्रेष्ठले दावी पेश गरेका छन् भने कमला श्रेष्ठले पनि इच्छा जनाएको वुझिएको छ । हामीले जिज्ञासा राख्दा शशि कुमार खनियाँ र गुुणराज श्रेष्ठले आगामी नगर अधिवेशनको सभापति पदमा आफ्नो उम्मेदवारी रहने वताएका छन् । वर्तमान नगर सभापति खनियाँ अघिल्लो पटक निर्वाचनबाटै निर्वाचित भएका थिए । उनले तेज प्रसाद वर्तौलालाई दोव्वर भन्दा वढि मतान्तरले पराजीत गरेका थिए । खनियाँ युवादेखी वृद्धसम्म घुलमिल हुन सक्ने नेताको रुपमा चिनिन्छन् । स्थानीय तहको निर्वाचनमा उनी नगर र जिल्लाबाट मेयर पदका लागि सर्वसम्मत सिफारिस भएपनि केन्द्रले राजेन्द्र चौधरीलाई टिकट दिएको थियो । विषेशत युवा माझ लोकप्रिय वनेका खनियाँले आगामी नगर अधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी रहने वताए ।
यता उद्योग बाणिज्य संघबाट प्रदेश कमिटिको कोषाध्यक्ष समेत भईसकेका गुणराज श्रेष्ठले पनि नगर सभापतिमा दावी पेश गरेका छन् । पसौ खैरहनी जेसिजको पूर्व अध्यक्ष,उद्योग बाणिज्य संघ खैरहनीको पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ पार्टीको क्षेत्रीय सदस्य हुन् । मिजासिलो र सरल स्वभावका श्रेष्ठले चुनाव लड्ने समावेशी खवरलाई वताए । सर्वसम्मत गरे राम्रो तर अरुलाई सभापति पद छाड्दिन श्रेष्ठले भने । निर्वाचन भएमा चुनाव आफुलेनै जित्ने उनीहरुको दावी समेत छ ।
रत्ननगरमा भने वर्तमान नगर सभापति रुपनराज घिमिरेले आधिकारीक धारणा सार्वजनिक नगरेपनि पुन सभापतिमा उठ्ने संकेत गरेका छन् । अहिले आफु पार्टीका नेता,अग्रज,युवाहरुसंग राय संकलनको क्रममा रहेको भन्दै एक हप्ता भित्र आधिकारीक धारणा सार्वजनिक गर्ने घिमिरेले वताए । घिमिरे रत्ननगरमा चर्चित र लोकप्रिय मानिन्छन् । उनले अघिल्लो अधिवेशनमा स्वर्गिय समर वहादुर मल्ललाई पराजीत गरेका थिए । त्यस्तै नगर सभापतिमा युवानेता प्रल्लाह सापकोटाले उठ्ने वताएका छन् । पार्टीका लागि लामो समयदेखी समय खर्चिएको भन्दै उनले आगामी अधिवेशनमा सभापतिमा उठ्ने संकेत हामी माझ गरेका छन् । तरुणका नेता उनी समाजसेवाको क्षेत्रमा पनि सक्रिय छन् ।
राप्ती नगरपालिकामा भने हामीलाई प्राप्त जानकारी अनुसार अहिले सम्म चारजनाले उम्मेदवारी दिने संकेत मिलेको छ । वर्तमान नगर सभापति नारायण उप्रेती,राप्ती ९ का वडाध्यक्ष समेत रहेका कांग्रेस चितवन १ क का सभापति देवेन लामा ,रामेश्वरसिंह ओली र महेश्वर थपलियाले उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरु मध्ये लोकप्रिय रहेका लामाले आगामी अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने हामीलाई वताएका छन् । अन्यले भने धारणा सार्वजनिक गरिसकेका छैनन । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार साउन १२ गते वडा समिति र साउन १६ गते गाउँ र नगर समितिको अधिवेशन हुनेछ ।