सिनेटरको यौन दुर्व्यवहारमा परेकी हिलारीकी सहयोगीको खुलासा– चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक १०, २०७८
166 Shares

न्युयोर्क, १० कात्तिक । अमेरिकामा डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् । 
हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्येतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुर्व्यवहार गरेको बताएकी हुन् । सोफामा आफूसँग टाँसिएर सिनेटरले चुम्बन गर्न खोजेको र आफू घरबाट भागेको हुमाले आरोप लगाएकी छिन् । आफ्नो पुस्तक बोथ / एन्डः अ लाइफ इन मेनी वल्डसमा उनले यस्तो आरोप लगाएकी हुन् । सो पुस्तक अर्को साता प्रकाशन हुँदैछ । 
चिया खाने क्रममा सिनेटरले गरेको दुर्व्यवहारलाई उनले पुस्तकमा यसरी उल्लेख गरेकी छिन्, ‘उसले मतर्फ तन्किएर मेरो काँधमाथि वायाँ हात राख्यो र चुम्बन गर्‍यो र मेरो मुखभित्र जिब्रो राखेर यौन दुर्व्यवहार गर्‍यो । हुमा हिलारीकी नजिकको विश्वास पात्र हुन् । हुमालाई क्लिन्टनले एक पटक आफ्नो दोस्रो छोरी भनेकी थिइन् । क्लिन्टन सिनेटर हुँदा उनको कार्यबारे वर्णन गर्दा आफूमाथि यौन दुर्व्यवहार भएको उनले उल्लेख गरेकी छिन् । 
४५ वर्षीया हुमाले दुर्व्यवहार गर्ने सिनेटरको नाम र पार्टीमा उनको आवद्धताबारे केही खुलाएकी छैनन् । वासिंगटनमा आयोजित डिनरपछि आफू ती सिनेटरसँग बाहिर निस्किएर उनको घरमा पुगेको उनले उल्लेख गरेकी छिन् । त्यसपछि सिनेटरले गरेको चिया खाने प्रस्ताव उनले स्वीकार गरेका थिए । 

Samabesi1
प्रकाशित मिति: कार्तिक १०, २०७८
166 Shares
Footer ads