फोटोको बिषयमा होइन,नमूना मतपत्रको बिषयमा विवाद होःअध्यक्ष सापकोटा

चितवन , १५ माघ । 
उद्योग वाणिज्य संघ खैरहनीमा भएको तालाबन्दी प्रकरणमा नयाँ खुलासा भएको छ । गएराति एक समूहले निर्वाचन समितीले करिब ४५० व्यवसायीको फोटो हराएको भन्दै संघको कार्यालयमा तालाबन्दी गरेको थियो । प्रमुख निर्वाचन अधिकृत रामेश्वर बर्तौलाले सचिवालयले निर्वाचन समितीलाई १६ गते फोटो सहितको नामावली दिने निर्णय भएको भन्दै उक्तदिन भन्दा अगाडीको जिम्मेवारी निर्वाचन समितीको नभएर सचिवालयको भएको बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र सापकोटाले कुनैपनि व्यवसायीको फोटो नफालिएको प्रष्ट पारेका छन् । कसैको पनि फोटो फालिएको छैन र हिजोको विवाद फोटोको नभई नमूना मतपत्र प्रकाशित भएपछिको विवाद भएको समावेशी खबरलाई बताए । एक समूहले मतपत्रमा उम्मेदवारको नाम अनुसार क्रमशै नाम हुनुपर्ने भन्दै आपत्ती जनाएका थिए । मुख्य निर्वाचन अधिकृतले भने यसअघि नै मनोनयन दर्ता गर्दा जसको पहिला दर्ता भयो सोहि अनुसार हुने निर्णय भएकाले त्यसैलाई आधार मानेर नमूना मतपत्र प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत रामेश्वर बर्तौलाले बताए ।

यस्तो छ नमूना मतपत्र