आज २१३ कोरोना संक्रमित थपिए, २९६ संक्रमित डिस्चार्ज

काठमाडौं, १५ माघ ।

नेपालमा  पछिल्लो २४ घण्टामा २ सय १३ जना कोरोना  संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ ।

आज २९६ जना संक्रमित डिस्चार्ज भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म २ लाख ६५ हजार ३ सय ६५ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसअघि बुधबार (हिजो) सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ रहेको थियो ।