प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं,१५ माघ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधान्यायाधीशहरुलाई अदालतमा  अवहेलनासम्बन्धी मुद्दामा आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

प्रधानमन्त्री ओलीले ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

अदालतले प्रधानमन्त्री ओलीलाई मात्रै नभएर अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीलाई पनि आफैँ अदालतमा उपस्थित् भएर लिखित जवाफ दिन आदेश दिएको छ । त्यस्तै, अदालतको अवहेलना मुद्दामा नै पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं अदालत आएर लिखित जवाफ दिन पनि आदेश दिएको छ । बिहीबार न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।