माटो परिक्षणका लागि नमुना संकलन बिधिबारे तालिम

 माघ १५ गते । ‌
माटोको परिक्षण बिना किसानले बाली लगाउदै आएका छन् । जसका कारण उत्पादन घट्दो अवस्थामा छ । यदि माटो परिक्षण गरिहाले पनि अन्धाधुन्ध संकलन गर्ने गरिन्छ । माटो परिक्षण गर्न उत्प्रेरित गर्नका लागि खैरहनी नगरपालिका कृषि शाखा र रामपुर कृषि क्याम्पस खैरहनिले किसानलाइ माटो संकलन सम्बन्धि स्थलगत तालिम दिएको छ ।
माटो परिक्षण सप्ताहलाई लक्षित गर्दै कृषकलाइ माटो परिक्षणको लागि आवश्यक नमुना संकलन गर्ने ज्ञान प्रदान गर्न तालिम दिइएको नगरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत दिपेन्द्र अर्यालले जानकारी दिए । नगरको १,२,४,५,६,७,८ र १० नम्बर वडामा स्थलगत रुपमै गएर माटो संकलन तरिका सिकाइएको थियो । माटोको भौतिक तथा रासायनिक गुण ,माटोको नमुना संकलन गर्ने तरिकाका बारे जानकारी गराइएको कृषि अधिकृत अर्यालले बताए ।
सो तालिममा रामपुर कृषि क्याम्पस खैरहनिका प्रमुख मिलन सुवेदी,त्रिभुवन बिश्व विद्यालयमा कृषि प्रसार बिषयमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । तालिमबाट २ सय जना किसानले प्रत्यक्ष लाभान्वित भएका छन् ।