आएन चाईनाको रेल

आएन चाईनाको रेल

चितवन माघ १५
सुजन पण्डित

नेपाली हास्य जगतमा निकै नै चर्चामा रहेका सागर लम्साल (बले) र नेपाली टिकटकमा भाईरल भएका जुम्लीया दिदीबहिनी प्रिज्मा र प्रान्सी खतिवडाको आएन चाईनाको रेल नामक गीत आज बले इन्टरटेग्मेन्ट युटुब च्यानलबाट सार्वजनिक भएको छ । यस अघी थुप्रै भिडियोमा अभिनय गरिसकेका उक्त जोडी धेरै पछी यस भिडियोमा देखा परेका छन ।

सगर लम्साल बलेले आँफै बताएका छन “यो म्युजिक भिडियो सुटिङ गर्दा धेरै नै रमाइलो भयो” । उक्त गीतमा सक्किगोनिको बलेले पनि अभिनय गरेका छन । अर्थात सागरको सो भिडियोमा डबल रोल पनि देख्न सकिन्छ ।

यो समाचार तयार पार्दा सम्मा युटुबमा ३०,८५८ जनाले हेरिसकेका छन । आएन चाईनाको रेल गीतमा स्वर हरि गिरी (बिमर्श) र बबिना किरातिको रहेको छ भने छायाङ्कन नवराज घिमिरे सम्पादन नबिन निरौला र निर्देशक गम्भीर बिस्टले गरेका छन ।