२४ घण्टापछी खुल्यो उवासंघ खैरहनीमा लगाइएको ताला

चितवन , १५ माघ।
उद्योग वाणिज्य संघ खैरहनीमा केही व्यवसायीहरुले लगाएको ताला २४ घण्टा पछि खुलेको छ । गएराती करिव ९.३० बजेतिर लगाइएको ताला अहिले खुलाइएको हो । उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष , पुर्व अध्यक्ष , कार्यसमिति र अन्य सरोकारवाला सहितको छलफलले सबैको सल्लाह सुझावलाई निर्वाचन समितिले मनन गर्दै निर्वाचन निश्पक्ष बनाउन प्रतिबद्धता जनाएपछि ताला खुलाइएको हो । खासै ठूलो विवाद नभएकाले ताला लगाउने पक्षलाई निर्वाचन निश्पक्ष हुने सुनिश्चित गराएपछि ताला खुलेको उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।