महासङ्घको २६औँ अधिवेशनमा संयुक्त उम्मेदवारी दर्ता
चितवन, १५ चैत ।
नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल उम्मेदवारी दर्ता गराउँदा लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । खुल्ला उपाध्यक्ष्मा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाले ले पनि उम्मेदवारी दिनुभएको छ ।