ब्रेकिङ : तीन राउण्ड गोलीसहित पक्राउ
प्रकाशित मिति: आइतबार, चैत्र १५, २०७७ | १४:१७:०७
चितवन, १५ चैत ।
चितवनमा तीन राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट तीन राउण्ड गोलीसहित एक जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तीन राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : आइतबार, चैत्र १५, २०७७ |
१४:१७:०७
639