होलीको दिन चितवनमा मापसे गर्ने ३९ सहित २२७ सवारीचालक कारबाहीमा
प्रकाशित मिति: आइतबार, चैत्र १५, २०७७ | २१:२१:४६
चितवन , १५ चैत।
फागुपूर्णिमा अर्थात होलीको दिन चितवनमा आज सवारी चेकजाँचमा कडाई गरिएको छ । जिल्लाको विभिन्न स्थानमा भएको चेकजाँचको क्रममा २ सय २७ वटा सावरीसाधन कारबाहीमा परेका छन् ।
कारबाहीमा पर्नेहरुमध्य ३९ जनाले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको भेटिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरुको कागजपत्र तथा सवारीसाधन नियन्त्रण लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए । मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने चालकहरुले अनिवार्य रुपमा ट्राफिक नियम सम्बन्धि कक्षा लिनुपर्ने र नियमअनुसार जरिवाना तिर्नुपर्ने प्रहरी निरिक्षक भट्टले बताए ।
प्रकाशित मिति : आइतबार, चैत्र १५, २०७७ |
२१:२१:४६
551