कलङ्की केन्द्रबिन्दु बनाएर भूकम्पको पराकम्प

चितवन, १५ वैशाख ।
काठमाडौँको कलङ्कीलाई केन्द्रविन्दु बनाएर मङ्गलबार राति भूकम्पको पराकम्प गएको छ । कलङ्की आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पको धक्का कङ्लकीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो । विसं २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म ५० हजार भन्दा बढी पराकम्प गएको छ । चार रेक्टर स्केल भन्दा माथिका ५५२ पटक पराकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पविद् लोकविजय अधिकारीकाअनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्प अझै १० वर्षसम्म आइरहने सम्भावना रहेको छ ।