ठिमुरामा पुल भत्किएर त्रिशुलीमा हराइरहेका एकजनाको शव फेला
प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७८ | १०:०६:४७
चितवन , १५ बैशाख ।
चितवनको ठिमुरामा निर्माणाधिन पुल भत्किएरत्रिशुलीमा खसेका दुईजनामध्य एकजनाको शव फेला परेको छ ।
पुलको काम गर्दा आइतबार पुलको फलाम सहित १४ जना कामदार त्रिशुलीमा खस्दा एकजनाको मृत्यु भएको थियो भने दुईजना वेपत्ता भएका थिए । नदीमा हराइरहेकोमध्य एकजनाको शव आज बिहान ठिमुराबाट कबिर पाँथ सय मिटर दक्षिणतर्फ भेटिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख १५, २०७८ |
१०:०६:४७
265