प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना

काठमाडौं,१५ वैशाख ।

नेकपा(प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

विगत लामो समयदेखि अस्वस्थ रहेकी सितालाई मंगलबार  मेडिसिटी अस्पताल भर्ना गरिएको हो । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) बाट बिरामी छिन् ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि अस्पताल भर्ना भर्ना भएकी दाहाललाई बुधबार विहानदेखि आइसियूमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनलाई डा. प्रदीप श्रेष्ठको टोलीले उपचार गरिरहेको छ।