नेता र कर्मचारीमा कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित
प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७८ | ११:५६:०१
काठमाडौं,१५ वैशाख ।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । नेताहरुलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको काँग्रेस नेता डा. प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।
‘नेताहरुलाई कोरोना देखिएको छ । त्यही भएर आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ’, नेता महतले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, बैशाख १५, २०७८ |
११:५६:०१
573