कर्णालीमा थप तीन जनाको कोरोनाबाट मृत्यु

सुर्खेत ,१५ वैशाख ।

कर्णालीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुर्खेतका दुई जना प्रदेश अस्पतालमा र एक जना दैलेखमा उपचारका क्रममा मृत्यु भएका हुन्।

प्रदेश अस्पताल कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलका अनुसार सुर्खेत भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो।

भेरीगंगा सुर्खेतका संक्रमितलाई वैशाख ५ र वीरेन्द्रनगरका संक्रमितलाई बैशाख ११ गते प्रदेश अस्पतालमा भर्ना गरिएको थियो।

त्यस्तै, दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ७५ वर्षीय एक वृद्धको पनि मृत्यु भएको छ। मंगलबार दैलेख अस्पतालमा भर्ना भएका उनी कोरोना संक्रमण पुष्टिपछि अक्सिजन सहित उपचाररत थिए। उपचारक्रममा बुधवार बिहान मृत्यु भएको हो।