ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७८ | १३:०९:४३
दाङ,१५ बैशाख ।
आफ्नै श्रीमती २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका ७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रकाशित मिति : बुधबार, बैशाख १५, २०७८ |
१३:०९:४३
903