वाग्मती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, ४ मन्त्री र ४ राज्यमन्त्रीले शपथ लिँदै
हेटाैँडा, १५ वैशाख ।
मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेशको मन्त्रीपरिषद् पुनर्गठन गरेका छ्न् । उनले ११ सदस्यीय मन्त्रीपरिषद् गठन गरेको र रामेश्वर फूयाँलबाहेक सबै मन्त्री नयाँ नियुक्त गरेको स्रोतले जानकारी दिएको छ ।
मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे, सुरेश नेपाल, चन्द्र लामा र सरस्वती बस्नेत छन् । पाण्डे नुवाकोट, नेपाल सिन्धुपाल्चोक, लामा काभ्रे र बस्नेत दोलखाका हुन् । राज्यमन्त्रीमा डा रामकुमार अधिकारी, प्रदीप कटुवाल, जुनेली श्रेष्ठ लगायतका रहेका छन् । अधिकारी धादिङ, कटुवाल सिन्धुली र श्रेष्ठ काठमाडौँका हुन् । तीन वर्ष पुगेका सबै मन्त्रीलाई मन्त्रिपरिषद्बाट विदा दिने निर्णय भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बुधबार अपराह्न ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नवनियुक्त मन्त्रीहरूको सपथ गराउने छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्री र राज्यमन्त्रीमा नियुक्त सबैलाई बिहान १० बजे नै हेटौँडा बोलाएको छ ।