नेपालमा एकैदिन ४८ सयभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१५ वैशाख ।

पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

१३८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल ५४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन्।

कुल संक्रमितमध्ये २ हजार ४७ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ हजार ४ सय ६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।