वालविवाह विरुद्ध सचेतनामुलक कार्यक्रम
चितवन, १५ वैशाख ।
खैरहनी नगरपालिकाले वाल विवाह विरुद्ध सचेतना कार्यक्रम गर्नुका साथै प्रतिवद्धता जनाउने काम गरेको छ । नगरका सवै वडालाई लक्षित गर्दै चार स्थानमा सचेतना मुलक कार्यक्रम गरिएको छ भने सम्वन्धीत वडाका जनप्रतिनिधीहरु,टोल विकास संस्थाका प्रतिनिधीहरुले वाल विवाह अन्त्यको लागि प्रतिवद्धता जनाएका छन् । खैरहनी २ को चैनपुर,१२ कुमरोज,६को पुरानो पर्सा र १० नम्वर वडाको कठारमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
कठारमा बुधवार कार्यक्रम गरिएसंगै वाल विवाह विरुद्धको सचेतनामुलक कार्यक्रम समापन गरिएको खैरहनी नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिईन् । कार्यक्रममा अधिवक्ता एवं मानव अधिकारकर्मी मुकुन्द दाहालले वालविवाह सम्वन्धमा कानुनी व्यवस्थाका बारे सहजीकरण गरेका थिए । वालविवाह गरेमा ३ वर्ष सम्म कैद वा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । सो विवाह स्वत वदर हुन्छ तर जन्मिएका वच्चाको हक कायम हुन्छ ।
नयाँ कानुनले २० वर्ष मुनिको विवाहलाई वाल विवाह भनेको छ । खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षता तथा नगरपालिकाको सामाजिक विकास समिति संयोजक समेत रहेका खैरहनी ७ का वडाध्यक्ष मनेजर महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको कार्यक्रम अन्र्तगत सचेतनामुलक कार्यक्रमसंगै संचार माध्यम तथा पर्चा पम्प्लेटको माध्यमबाट प्रचार प्रसार समेत गरिएको महिला तथा वालवालिका शाखा उपप्रमुख विमला रानाभाटले वताईन् ।