कोरोना नियन्त्रणमा निजी क्षेत्रले सघाउने
चितवन, १५ वैशाख ।
कोरोना महामारीबाट हुन सक्ने संभावित क्षती र रोग नियन्त्रणका लागि उद्योग बाणिज्य संघ खैरहनीले स्थानीय सरकारललाई सघाउने प्रतिवद्धता जनाएको छ । संघ र नगरपालिकाका प्रतिनिधीबीच बुधवार भएको छलफलमा निजी क्षेत्रको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाईएको हो ।
संघले अन्य सामाजिक संघसंस्थाको समन्वयमा खैरहनी नगरपालिका भित्र अक्सिजन विट स्थापना गर्ने निर्णय गरेको संघको शिक्षा तथा स्वास्थ्य समिति संयोजक किरण वुर्लाकोटीले वताए । त्यस्तै १३ वटै वडामा माईकिङ गर्ने,निजी क्षेत्रका औषधी पसलसंग समन्वय गरि तपाईको औषधी तपाईको घरमा कार्यक्रम संचालन गर्न प्रेरित गर्ने,खाद्य वस्तु डेलिभरीमा सहजीकरण गर्ने लगायतका विषयमा सहमती जुटेको संयोजक वुर्लाकोटीले वताए । छलफल संघका अध्यक्ष दिपेन श्रेष्ठको अध्यक्षतामा भएको थियो । संघले खैरहनी नगरपालिका संगको सहकार्यमा यसअघि मंगलवार नगरका विभिन्न १० स्थानमा सचेतना मुलक वोर्ड राखिसकेको संघका प्रथम उपाध्यक्ष कुमार खनालले जानकारी दिए ।